चितवन फाइनलमा, पाेखरालाई अर्काे माैका
![](https://www.janapatra.com/wp-content/uploads/2021/10/chitwan_tigers_in_epl_cricket_P8U0ONNw57.jpg)
काठमाण्डाै – चितवन टाइगर्स चाैथाे संस्करणकाे एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।
पाेखरा राइनाेजले दिएकाे ६७ रनकाे झिनाे लक्ष्य चितवनले सात ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुगेकाे हाे । चितवनका लागि माेहम्मद शहजादले २६ बलमा ४८ रन बनाए । हसिम अन्सारीले अविजित १४ रन बनाए । बलिङतर्फ पाेखराका नन्दन यादवले एक विकेट लिए ।
यसअघि त्रिवि मैदानमा टस हारेर पहिलाे ब्याटिङ गरेको पोखरा १५ ओभरमा मात्र ६६ रन बनाउँदै अलआउट भएको हो । पोखराका लागि रिचार्ड लेभीले १९ र सुनिल धमलाले १८ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकाल र शाहब आलमले चार–चार विकेट लिए ।
याे खेल हारे पनि पाेखराले दाेस्राे क्वालिफायरकाे माैका पाएकाे छ । आजै हुने एलिमिनेटरकाे विजेतासँग पाेखराले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा भैरहवा ग्लाडियटर्स र काठमाण्डाै किङ्ग्स इलाभेन खेल्दैछन् ।
दाेस्राे क्वालिफायर भाेलि बिहीवार र फाइनल यही २३ गते शनिवार त्रिवि क्रिकेट मैदानमै हुनेछ ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने आयाेजकले जनाएको छ ।