चार्डपर्बले सामाजिक एकता कायम गरेको छ–मुख्यमन्त्री शाक्य

जनपत्र
२० आश्विन २०७८, बुधबार १०:५१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चार्डपर्बहरुले सामाजिक एकता कायम गरेको वताउनु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बिजया दशमी, शुभ दिपाओली, नेपाल सम्वत र छटपर्बका अवसरमा गरेको चियापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले पहिचान र परिचयलाई फराकिलो वनाउनुपर्ने वताउनुभयो ।

कुनैपनि संस्कृति र संस्कार भित्र बिभेद गर्ननहुने वताउनुभयो । समानताको सुरुवात घरबाटनै गर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–‘अहिलेको समयमा चार्डपर्बहरु धनीले मात्र मनाउन मनाउने बन्दै गएकाले सबैले मान्न सक्ने वनाउनुपर्ने वताउनुभयो । आफुहरु नयाँ नेपाल र सुखी नेपालीको अभियानमा लागेको वताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्री, राज्यमन्त्रीहरु, मन्त्रालयका सचिबहरु, बिभीन्न सरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*