हेटौंडाको मयुरधापमा माता विन्दवासिनी मन्दिर र आश्रमको शिलान्यास
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा माता विन्दवासिनी मन्दिर तथा आश्रम निर्माणको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले मन्दिर तथा आश्रमको शिलान्यास गर्नुभयो । मन्दिरसंगै आश्रम निर्माण भएपछी असहायरुलाई बस्नका लागि उपयोगि हुने उहाँले वताउनुभयो ।
आश्रममा हाम्रो मेयर, राम्रो मेयर र धार्मिक मेयर भनेर स्थानीयहरुले व्यानर बनाएर प्रचार गरेका थिए । अहिले चार लाख २२ हजार रुपैयाँ लागतमा मन्दिर र आश्रम निर्माण हुन लागेको हो । आश्रम निर्माणका लागि उपमहानगरपालिकासंगै स्थानीय वासिन्दाहरुले चन्दा समेत संकलन गरेका छन् । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।