पशुपति साना किसान कृषि तथा सहकारीको नवौं वार्षिक साधारण सभा

जनपत्र
२० आश्विन २०७८, बुधबार ०७:३९

हेटौंडा । हेटौडाको पशुपति साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज भएको छ । साधारणसभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले किसानको सहकारीले किसानको हितका निम्ती काम गर्नुपर्ने वताउनुभयो ।

हरेक किसानलाई परेको समयमा सहयोगी भूमिका खेल्नका लागि उहाँले आग्रह गर्नुभयो । सहकारीले बचत गर्ने र ऋण परिचालन गर्ने मात्र भन्दा पनि किसानलाई परेको समयमा हरेक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीकै कारण बैक सम्म धाउनुपर्ने बाध्यता हटेको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*