हेटौंडाको भुटनदेवि सडक पेटीमा गमलासहितको फूलका विरुवा रोपियो
हेटौंडा । हेटौंडाको भुटनदेविरोड सडक पेटीमा गमला सहितको फूलका विरुवा रोपिएको छ । हेटौंडालाई फूलैफूलको शहर बनाउने अभियान अनुसार आज भुटनदेविरोडको सडक पेटीमा गमला सहितको विरुवा रोपेर उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले कार्यक्रमको उद्घाटन् गर्नुभयो ।
यो अभियान निरन्तर रुपमा जारी राख्ने उहाँले वताउनुभयो । हेटौंडाको मुख्य बजारसंगै अब भित्री सडकक्षेत्रमा पनि बिरुवा रोप्ने अभियान जारी राखिएको वताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं लगायतकाको आतिथ्यता रहेको थियो ।