फेसबुकले लोकतन्त्रलाई कमजोर बनायो, बालबालिकालाई हानी पुर्‍यायो: पूर्वकर्मचारी

जनपत्र
२० आश्विन २०७८, बुधबार ०६:५८

फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस् हउजेनले फेसबुकले लोकतन्त्रलाई कमजोर बनाएको र बालबालिकालाई हानी पुर्‍याएको बताएकी छन्। फेसबुकको पूर्व प्रोडक्ट म्यानेजर रहेकी फ्रान्सेसले अमेरिकी संसद्‌मा आफूले ुकेही उत्कृष्ट गर्न सकिन्छु भनेर फेसबुकमा काम सुरु गरेकी बताएकी छन्।

उनले भनिन्, ुतर, म आज यहाँ भन्दै छु, फेसबुकका सामग्रीहरुले बालबालिकालाई ठूलो हानी पुर्‍याउँछ, मानिसहरुमा विभाजन ल्याउँछ र लोकतन्त्रलाई कमजोर बनाउनेसम्मको काम गरिरहेको छ।ु

फेसबुकको सुरक्षासम्बन्धा भइरहेको सुनुवाइमा हुने फेसबुकका लिडरहरुले सुरक्षामा ध्यान दिएको बताए पनि वास्तमा सुरक्षाका कुराहरुलाई सुनिश्‍चित गर्न नसकेको पनि उनले बताएकी छन्।

उनले प्रयोगकर्ताहरुको सुरक्षाभन्दा पनि आफ्नो मुनाफालाई प्राथमिकतामा राखेको बताएकी छन्। तर, फेसबुकले भने प्रयोगकर्ताहरुको सुरक्षाका लागि अर्बौं डलर खर्च गरेको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*