पाइपलाइनबाट पेट्रोल ल्याउन करिब दुई करोड लिटर क्षमताको ६ वटा भण्डारण गृह बन्दै

जनपत्र
२० आश्विन २०७८, बुधबार ०६:५६

दुई वर्षदेखि डिजेल मात्रै आयात भइरहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोलसमेत आयात गर्न नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले ६ ठूला भण्डारण गृह ९स्टोरेज ट्यांक० निर्माण गर्न लागेका छन् ।

करिब तीन अर्ब भारुमा आइओसीले नै बनाइदिएको पाइपलाइन २४ भदौ ०७६ बाट सञ्चालनमा आएको हो । सुरुको दिनबाटै डिजेल मात्रै आयात भइरहेको पाइपलाइनबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुन थालेपछि आयल निगम र आइओसीले चाँडै पेट्रोलसमेत ल्याउन भण्डारण गृह निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन् ।
नेपाल र भारतको सरकारीस्तरमा भएको सम्झौताअनुसार परियोजनाअन्तर्गत पाइपलाइनसँगै पेट्रोलको दुई ठूलो स्टोरेज ट्यांकसमेत निर्माण गर्ने उल्लेख थियो । त्यसमध्ये ४१ लाख लिटर ९४१ सय किलोलिटर० क्षमताको एउटा स्टोरेज ट्यांक आइओसीले आफ्नै खर्चमा बनाइदिने र थप ४१ लाख लिटर क्षमताको अर्को स्टोरेज ट्यांक आइओसीले बनाउने तर त्यसको खर्च निगमले बेहोर्ने सर्त थियो । यही सर्तअनुसार स्टोरेज ट्यांक र अन्य संरचना बनाउन आइओसीले १ अर्ब २८ करोड ५ लाख भारु लागत मूल्यांकन गरी बोलपत्र आह्वान गरेको छ ।

आइओसीको बोलपत्र सूचनामा निगमको दुई नम्बर प्रादेशिक कार्यालयमा ४१ लाख लिटर क्षमताको एउटा स्टोरेज ट्यांक, प्रयोगशाला, स्टोरेज ट्यांकको तेल ट्यांकरमा हाल्ने २४ वटा लोडिङ सेड, नवीन प्रविधिमा आधारित उच्चस्तरीय फायर फाइटिङ सिस्टम जडान गर्ने उल्लेख छ । त्यस्तै, २ लाख ५० हजार लिटर क्षमताका दुईवटा ‘ट्रान्समिक्स स्टोरेज ट्यांक’समेत बनाउने उल्लेख छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी तीव्र पारिएको र त्यसका लागि निगमकै खर्चमा पेट्रोलको ठूलो भर्टिकल ट्यांकसमेत बन्न लागेको बताए । ‘पाइपबाट पेट्रोल ल्याएर ढुवानी खर्चमा थप बचत गर्ने, चुहावट नियन्त्रण गर्ने र शुद्धताको ग्यारेन्टी गर्ने दिशामा हामी अघि बढेका छौँ,’ उनले भने, ‘यसका लागि अमलेखगन्जमा आइओसीले बनाइदिनेबाहेक हामीले आफ्नै खर्चमा ५० लाख लिटर क्षमताको पेट्रोलको र ५० लाख लिटरकै डिजेलको अर्को स्टोरेज ट्यांक बनाउन बोलपत्र आह्वान गरेका छौँ ।’

यसरी पाइपलाइनबाट पेट्रोल ल्याउन अमलेखगन्जमा तीनवटा पेट्रोलको स्टोरेज ट्यांक र एउटा डिजेलको स्टोरेज ट्यांक थपिन लागेको उनले जानकारी दिए । नयाँपत्रिकादैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*