हेटौंडामा मनाइयो विश्व पशुपन्छी दिवस

जनपत्र
१८ आश्विन २०७८, सोमबार ११:५१

हेटौंडा । ‘पशुकल्याण अभिबृद्धी दिगो विकास समृद्धी’ भन्ने नाराका साथ आज हेटौंडामा विश्व पशुपन्छी दिवस मनाइएको छ । बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजनामा दिवस मनाईएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले मानवीय हिसावले पनि जिवजन्तुहरुलाई हेर्र्नुपर्ने वताउनुभयो । पशुकल्याणका लागि काम गर्नुपर्ने उहाँले वताउनुभयो । पशु अधिकारको रक्षागर्नका लागि सबैलाई लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले पशुपालनका क्षेत्रमा राम्रो काम गरे मात्र यो दिवसले सार्थकता पाउने वताउनुभयो । अब यस क्षेत्रमा एउटा योजना बनाएर त्यस अनुसार काम गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा पशुपन्छी तथा मन्त्य विकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर रामप्रकाश प्रधानले प्रस्तुतीकरण गर्दै पशुपन्छी अधिकारका क्षेत्रमा धेरै राम्रा काम भएको वताउनुभयो । पशुकल्याणका लागि भोक प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाब हुन नदिने, भौतिक तथा शित तापजन्य असुविधा हुन नदिने, पिडा, घाउ, चोट र रोगव्याधीबाट सुरक्षित राख्ने, सामान्य व्यवहार अभिव्यक्तगरी बाच्न पाउने सुविधा सुनिश्चित गर्ने लगायतका काम गर्नका लागि डाक्टर प्रधानले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटा, सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटा, मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुपेन्द्र काकी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी धु्रब डिसी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*