प्रदेश ३ को बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल

हेटौंडा–विहिबार बसेका प्रदेश सभाको वैठकमा विनियोजन विधेयक, २०७६ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको छ । छलफलमा प्रदेशसभा सदस्यहरु ओम ग्लान, कञ्चन खनाल, कल्पना नेपाली, कुसुम कुमार कार्की, कृष्ण प्रसाद भुर्तेल, केशवराज पाण्डे, गणेशप्रसाद दुलाल र गीता वाग्लेले धारणा राखेका छन् । यसअघि बिहीबारकै बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराज जम्मकट्टेलले महालेखा परीक्षकको प्रतिवेदन पेश गरेका थिए ।
आजै भएको प्रदेश सभाको वैठकमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पेश गरेको ‘प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । यस्तै मन्त्री लामाले नै पेश गरेका ‘प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि पारित भएको छ ।