हेटौंडाबाट लागूऔषध खैरोहिरोईन सहीत तीन जना पक्राउ

जनपत्र
२ जेष्ठ २०७६, बिहीबार १९:३२

हेटौंडा १० बाट प्रहरीले सबै भन्दा महगो लागूऔषध खैरोहिरोइन सहित तीन जनालाई पक्राउ गरेको छ । लागू औषध खैरोहिरोईन ७ ग्राम ९० मिलीग्राम, सहित ३ जना मानिस पक्राउ गरिएको हो । खैरोहिरोइन सहित हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष १९ को हेनिश शाही, २६ बर्षिय महमद सहिद मियाँ, १९ बर्षिय निरोज वाईवालाई पक्राउ गरिएको प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले हेनिश शाहिको घरको कोठामा लागु औषध खैरो हेरोईनको कारोवार भईरहेको छ भन्ने प्राप्त सुचनाको आधारमा पत्ता लगाएको थियो । शाहीको साथबाट लागु औषध खैरो हेरोईन ४ ग्राम मियाँको साथबाट लागु औषध खैरो हेरोईन १ ग्राम ६० मिलीग्राम र वाईवाको साथबाट लागु औषध खैरो हेरोईन २ ग्राम ३० मिलीग्राम फेला परेको हो । उनीहरुलाई लागु औषध खैरो हेरोईन सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*