हेटौंडामा मौसमी तथा बेमौसमी तरकारी खेति तालिम

जनपत्र
२ जेष्ठ २०७६, बिहीबार १८:५९

हेटौंडा । मौसमी तथा बेमौसमी तरकारी खेति सम्बन्धि २ दिने तालिम आज हेटौंडामा सम्पन्न भएको छ । नारी सिप सृजना केन्द्र नेपालको आयोजना  तथा एडब्लुओ इन्टरनेष्नल इ भिको साझेदारीमा तालिम भएको हो । मकवानपुरमा संचालित मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तर्गत कार्यक्रम संचालन गरिएको हो । तालिममा हेटौडा उपमहानगरपालिकाका वडा नंम्बर १४, १५, १६, १७ र १९ का गरि ३५ जना कृषकहरुको सहभागीता रहेको थियो ।

तालिमको समापनको क्रममा सहभागीहरुबाट यस्तै किसिमका कृषि सम्बन्धि तालिमहरु धेरै कृषकहरुलाई आवश्यक रहेको र आगामि दिनमा पनि यस्तै जिविकोपार्जन सम्बन्धिका तालिम तथा अवलोकन भ्रमणहरुको अपेक्षा गरेका छन् । तालिम कृषि प्राविधिक अमरकान्त झाले सहजिकरण गरेका थिए ।

समापनको क्रममा नारी सिप सृजना केन्द्रकी कार्यकारी समिति सदस्य सिता अधिकारीले यसरी नै सबैले जैविक मलको प्रयोग गर्दै निर्वाहको लागी मात्रै नभई व्यवसाएको रुपमा अगाडि बढेमा कृषिमा विकास हुनुका साथै स्वदेशमै रोजगारी सृजना हुने बताउनुभएको छ । आगामी दिनमा यस परियोजना अन्तर्गत यस्तै जिविकोपार्जन तथा सिपमुलक तालिमहरु प्रदान गरि जिविकोपार्जन तथा सचेतनाको माध्यमबाट मानव बेचविखन रोकथाम गर्ने योजना रहेको परियोजनाका संयोजक ज्योति वम्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*