हेटौंडामा सहकारी संस्थामा जोखिम बिष्लेषण सम्बन्धि कार्यसाला

हेटौंडा । बचत तथा ऋण सहकारी संस्थामा जोखिम बिष्लेषण सम्बन्धि कार्यसाला गोष्ठी आज हेटौंडामा भएको छ । नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहकारीले जोखिमबाट बच्नका लागि ऋण परिचालनमा ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंसालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहाकारी संघका अध्यक्ष राधा सिंतान लगायतकाको आतिथ्यता रहेको थियो ।