माधव नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत अध्यक्ष नेपालको रगत परीक्षणको रिपोर्टसहित स्वास्थ्यका सबै सूचकहरू सकारात्मक रहेको उनको निजी सचिवालयले जनाएको छ ।
तर स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँगको भेटघाट भने अझै केही बन्द रहने जनाइएको छ । सचिवालय नेपालको स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ । अध्यक्ष नेपाल स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते अस्पताल भर्ना भएका थिए ।