रिना बस्नेत मृत्यु प्रकरण : हत्या नभएको पुष्टि

जनपत्र
२ जेष्ठ २०७६, बिहीबार १५:५६

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित डेरा बसेको घर मुनी गत वैशाख ७ गते शनिबार विहान मृत फेला परेकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको हत्या नभएको अहिलेसम्मको अनुसन्धानले पुष्टि गरेको छ । घटनाको अन्तिम पोस्टमार्टम रिपोर्ट सोमबार प्राप्त भएको छ । फरेन्सीक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम रिपोर्टले उनको हत्या नभएको पुष्टि गरेको छ । शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।
मृत्युको घटनालाई जोडेर तीन जनासँग गरिएको पोलिग्राफ जाँचको अन्तिम रिपोर्ट पनि सोमबार प्राप्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । प्रहरीले रिनासँगको कनेक्सनका आधारमा ५० जनासँग सोधपुछ र अनुसन्धान पनि गरेको थियो । रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ टेस्ट गरिएको थियो ।पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो या होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ । पोलिग्राफ परीक्षणबाट तीनै जनाले प्रहरीसँगको बयानमा झुटो नबोलेको पुष्टि भएको छ । डीएसपी श्रेष्ठका अनुसार घटनाका विषयमा फरेन्सीकसँगै प्राप्त भएको पोस्टमार्टम र पोलिग्राफ परीक्षणको अन्तिम रिपोर्टले रिनाको हत्या नभएको देखाएको छ ।
पुर्बेलीन्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*