अमेरिकाबाट लोप भए चरा, माछासहित २३ प्रजातिका जीव-वनस्पति
काठमाण्डाै – विभिन्न २३ प्रजातिका चरा, माछा, सीपी कीरा, चमेरा तथा वनस्पति अमेरिकाबाट लोप भएका छन् ।
अमेरिकाको फिस एण्ड वाइल्डलाइफ सर्भिस (एफडब्ल्यूएस) ले विभिन्न २३ प्रजातिका चरा लोप भएको जानकारी दिएको हो ।
यस्तै ८ प्रजातिका सीपी कीरा, दुई प्रजातिका माछा र चमेरा र वनस्पतिका एक/एक प्रजाति अमेरिकाबाट लोप भएको एफडब्ल्यूएसले उल्लेख गरेको छ ।
उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रविधिको प्रयोग गरेर हरेक प्रजातिको गहन अध्ययन र अनुगमनपछि लोप भएको घोषणा गरिएको एफडब्ल्यूएसले जनाएको छ ।
वातावरणीय परिवर्तनका कारण यी प्रजातिका चरा लोप भएका बीबीसीले जनाएको छ । अमेरिकामा कुनै समय जताततै देखिने आईभरी–बिल्ड उडपेकर समेत लोप भएको छ ।
यो चरालाई सन् १९६७ मा औपचारिक रुपमा सङ्कटापन्न सूचीमा राखिएको थियो ।