मतदानमार्फत बजेट अगावै राजधानी र नामाकरण टुङ्ग्याउन माग

हेटौंडा । प्रदेश नम्बर ३ को स्थायी राजधानी तोक्ने सम्बन्धि कार्यबिधि माथि प्रदेश सभामा आज छलफल भएको छ । नेकपाकका मुख्य सचेतक रामेश्वर फुयालले राजधानी तोक्ने कार्यबिधि सम्बन्धि सभामा छलफल गर्नका लागि प्रस्ताब पेस गर्नुभएको थियो । छलफलमा सहभागि सांसदहरुले प्रदेशको स्थायी राजधानीका लागि मतदानको मिति यथासिघ्र तोक्नका लागि माग गरेका छन् । राजधानी सम्बन्धि प्रस्ताबमा छलफल भएपछी मतदान कहिले गर्ने हो मिति तोक्नका लागि पनि माग गरेका छन् ।
काँग्रेस सांसद प्रभा तामाङले प्रदेशको स्थायी राजधानी मात्र नभईकन नामाकरणको कार्यबिधि पनि प्रदेशसभा ल्याउनुपर्ने बताउनुभयो । राजधानीका बिषयमा पक्ष, बिपक्षका सांसदले मतदान गर्ने मात्र नभइकन तटस्थ रहनेको पनि ब्याबस्था गर्न उहाँले माग गर्नुभयो ।
बिवेकसिल पार्टीका सांसद रमेश पौड्यालले राजधानीको कार्यबिधि अस्पष्ट ढंगले आएकोमा आपत्ति जनाउनुभयो । कुन मितिमा राजधानीको मतदान हुने भन्ने उल्लेख नभएको बताउँदे उहाँले भन्नुभयो– स्थायी राजधानीको मतदानको प्रकृया एक बर्ष, दुई बर्ष वा पाँच बर्ष भित्रमा कहिले गर्न खोजीएको हो ? मतदानको मिति किन तोकिएन ?’
सभामा नेकपाका सांसद रत्न प्रसाद ढकालले स्थायी राजधानीका लागि पाँच जिल्लामा मतदान गर्दा राजधानी तोकिनेमा बिस्वस्त नभएको बताउनुभयो । स्थायी राजधानीका लागि दुईतिहाई प्रदेश सभा सदस्यले मतदान गर्नुपर्ने भएकाले धेरैतिर मतदान गर्दा राजधानी तोक्न समस्या हुने उहाँले बताउनुभयो । नेकपाका अर्का सांसद प्रेमबहादुर पुलामीले राजधानी संगै नामाकरण पनि टुङ्गो लगाउनुपर्ने बताउनुभयो । राजधानी र नामाकरणको बिषयमा छलफल गर्नका लागि आग्रह गर्नुभयो । राजधानीको प्रकृया सुरु गर्नका लागि ढिलो भएको नभईकन छिटो भइरहेको बताउनुभयो । अर्का नेकपाका सांसद ओम ग्लानले राजनीतिक सहमतीबाट स्थायी राजधानी तोकिदा सबैले स्वीकार्य बन्ने बताउनुभयो । बिबेकसिल नेपाली दलका सांसद बिराज भट्ट श्रेष्ठले राजधानी तोक्ने काम ब्यक्तिगत स्वार्थमा अल्झिएको आरोप लगाउनुभयो ।