पौडेललाई फेल गराएर नेकपा नेता मुख्यमन्त्री बन्न लागेको आरोप

जनपत्र
२ जेष्ठ २०७६, बिहीबार १५:०४

हेटौंडा । प्रदेश नम्बर ३ सभामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद गिता वाग्लेले हेटौंडाबाट राजधानी अन्यत्र सार्नका लागि संत्तापक्षका सांसद लागिपरेको आरोप लगाउनुभएको छ । प्रदेश नम्बर ३ को स्थायी राजधानी तोक्ने सम्बन्धि कार्यबिधि माथि प्रदेश सभामा आज छलफलमा भाग लिएर बोल्दै उहाँले अहिलेका मुख्यमन्त्री डोरमणि पौडेलको राजनीति सक्नका लागि सत्तापक्षका सांसदहरुले राजधानी अन्यत्र सार्न खोजेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री पौडेललाई फेल बनाएर आफू मुख्यमन्त्री बन्नका लागि नेकपाका केही नेता सांसदहरुले राजधानी अन्यत्र सार्न खोजेको आरोप लगाउनुभयो । हेटौंडाबाट राजधानी कुनैपनि हालतमा अन्यत्र सार्न नहुने उहाँले बताउनुभयो । हेटौंडाबाट स्थायी राजधानी अन्यत्र सार्न खोजेमा भिल्कोबाट डढेलो लाएजस्तै हुने उहाँले चेतावनी दिनुभयो । सांसदहरुलाई हेटौंडा आउन दुःख भए घरमानै बस्नका लागि आग्रह गनुभयो । प्रदेश सभामा नेकपाका सांसदको दुईतिहाई भन्दा बढी मत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*