निजी बैक उडे, सरकारी बैक गुढीमात्र रहे–मन्त्री ढुंगेल

हेटौंडा । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले किशानलाई हेर्ने दृष्टीकोणमा बैकले फेर्नुपर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजान आयोगका आयोजना तथा कृर्षि बिकाश कैकको ब्याबस्थापनमा कृर्षि बिकाश बैकको बित्तीय हस्तान्तरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आज हेटौंडामा उद्घाट् गर्दै उहाँले किशानहरुले बैकबाट ऋण सहजरुपमा लिन पाउने ब्याबस्था गर्नका लागि आग्रह गर्नुभयो ।
अहिले निजि क्षेत्रका बैक उडीरहेको अवस्थामा सरकारी वैक भने गुढीमात्र रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का भूमि, कृर्षि ब्यावस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले किशानका निम्ती खुलेको बैकले उनीहरुकै निम्ती काम गरिनुपर्ने बताउनुभयो । प्रदेश नीति तथा योजान आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।