मकवानपुरमा भू–तथा जलाधार कार्यालयको उद्घाटन्

जनपत्र
१३ आश्विन २०७८, बुधबार १७:५१

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको भू–तथा जलाधार कार्यालयको आज हेटौंडामा उद्घाटन् गरिएको छ । प्रदेशमा पछी थपीएका तीन वटा कार्यालयहरु मध्यमा रामेछाप, नुवाकोट र मकवानपुर जिल्लामा कार्यालय थप गरिएको हो । पहिले ललितपुर र सिन्धुपाल्चोक जिल्लामा मात्र यस कार्यालय थियो । पाँच वटा कार्यालयले प्रदेशका १३ वटा जिल्लाको भू–तथा जलाधार क्षेत्रमा काम गर्ने छ ।

कार्यालयको उद्घाटन् गर्दै प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्मअनुसार कार्यालय खोलीएको वताउनुभयो । सरकारले जनताको मर्मअनुसार काम गर्ने भएकाले जिल्ला स्तरका कार्यालय खोलीएको उहाँले वताउनुभयो । कामको सुरुवात भएको छ त्यसअनुसार काम गर्न लाग्नुपर्ने उहाँले वताउनुभयो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले अहिले पनि वन क्षेत्र र खोलाको किनार क्षेत्रको अतिक्रमण भएकाले यसको नियन्त्रण गर्नुपर्ने वताउनुभयो । पानीको मुहानहरु सुक्दै गएकाले वनको संरक्षणमा लाग्न आग्रह गर्नुभयो । सकेसम्म टाढाका नागरिकलाई तल्लोतह सम्म सेवा दिने उदेस्य सरकारको रहेको वताउनुभयो ।

कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब डाक्टर सिन्धुप्रसाद ढुंगाना लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*