युवतीको मोलमोलाइ रोक्न काठमाडौंमा सादा पोसाकमा प्रहरी

जनपत्र
२ जेष्ठ २०७६, बिहीबार ०७:०३

काठमान्डाैं / महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो । परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए । राजधानी दैनिकमा खबर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*