मकवानपुरका सांसद विरोध खतिवडाको नेतृत्वमा नेकपा (एस) सरकारमा जादै
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद विरोध खतिवडाको नेतृत्वमा नेकपा (एकिकृत समाजबादी) पाटी संघीय सरकारमा सहभागि हुने भएको छ । सरकारमा नेकपा (एस) ले कुन्–कुन् मन्त्रालय पाउने भन्ने निश्चित भएको छैन । सर्बदलिय छलफल भइरेको छ ।
एमालेबाट विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभाका सांसद विरोध खतिवडाको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय भए संगै खतिवडा मन्त्री बन्ने भएका हुुन् ।
नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले सांसदहरूको नाम मन्त्रीका लागि सिफारिस गरेका छन् । अध्यक्ष नेपालले मन्त्रीहरूको नामको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
मन्त्रीका लागि खतिवडा सहित मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्री देउवालाई अध्यक्ष नेपालले बुझाएका छन् ।