मकवानपुरगढीमा दिगो बिकाश लक्ष्य र शिक्षा अधिकार को सबालमा अन्तरक्रिया
हेटौंडा । मकवानपुरगढी गाउपालिकामा शिक्षाको लागी राष्ट्रिय अभियान मकबानपुरको आयोजना, दिगो बिकाश लक्ष्य राष्ट्रिय संजाल बागमती प्रदेशको सहकार्यमा र मकबानपुरगढि गाउपालिकाको समन्वयमा दिगो बिकाश लक्ष्य र शिक्षा अधिकार सुनिश्चित गर्न स्थानिय सरकार संग अन्र्तकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । दिगो बिकाश लक्ष्य सप्ताह १७ देखि २८ सेप्टेम्बर को अबसरमा गुणस्तरिय, निशुल्क, सार्बजनिक शिक्षा सम्भब छ भन्ने मान्यतामा आधारित भएर कार्यक्रम गरिएको हो ।
गढिगाउ पालिकाको अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्य र शिक्षाको लागी राष्टिय अभियान नेपाल बागमति प्रदेश संयोजक प्रकाश खतिवडाको सभाध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा मकबानपुरगढि गाउपालिकाका अध्यक्ष हुमागाईले अब पालिका बाल मैत्रि बनाउने अभियानमा कृायाशिल भएकोले सबैका लागि शिक्षा सुनिश्चित गर्न पालिका गम्भीर भएको बताउनुभयो ।
उहाले कुनै पनि बालबालिकाजो पढन चाहन्छन उनिहरुलाई शिक्षाको उज्यालो घामबाट कोहि पनी बिमुख नपारिने बताउनु हुदै ईटा भट्टामा बालबालिका सहित जाने परिबारको क्षेत्र निर्धारण गरि र बिपन्न बर्गलाई कृषि को माध्यमबाट आर्थिक उन्नती गराई बालबालिकालाई बिधालय पठाउने बाताबरण सिर्जना गर्ने उद्धेश्यले तत तत क्षेत्रमा सिचाईको ब्यबस्था मिलाईएको बताउनु भयो । अभिभाबक बिहिन बालबालिकाको लागि पालिका नै अभिभाबक बनी सबै बालबालिकाको शिक्षाको लागि पालिकाले ब्यबस्थापन गर्ने समेत पालिका अध्यक्ष हुमागाईले बताउनु भएको थियो ।
बाल कल्याण समाजका अध्यक्ष एबं शिक्षाको लागी राष्ट्रिय अभियान नेपाल बागमति प्रदेश संयोजक प्रकाश खतिवडाले कार्यक्रममा कार्य पत्र प्रस्तुत गर्नु हुदै नेपालको संविधान २०७२ को प्रस्तावनामा नै राज्यले समावेशीकरणको धारणा र समाबेशि शिक्षाको बारेमा उल्लेख गरिएको छ । यसैगरि प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिबार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने रहेका छ ।
सरकारको नितीमा समतामूलक समाजको निर्माणका लागि शिक्षाको सुनिश्चितता गर्ने संकल्प गरिएको छ । यसैगरि अपांगता भएका र आर्थिक रुपले बिपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क र उच्च शिक्षा पाउने हक हुनेछ । दृष्टि बिहिन नगरिकलाई ब्रेललिपी तथा बहिरा र स्वर बा बोलाई सम्बन्धि अपागंता भएका नागरिकलाई सांकेतिकभाषाको माध्यमबाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ । यसैगरि नेपालको १५ औ योजनामा पनि शिक्षा लाई प्राथमिकतामा राखिएको अबस्था छ । यसैगरि दिगो बिकाश लक्ष्य ४ को बारेमा समेत बताउदै उहाले सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्धन गर्र्न पालिका कृयाशिल हुन पर्ने बताउनु भएको थियो ।
उक्त अबसरमा गढि पालिकाको शिक्षा महाशाखा प्रमुख राम बहादुर घलानले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु हुदै अब शिक्षालाई दिगो बिकाश संग मापन गरेर अघि बढने बताउनु भएको थियो । उहाले मकबानपुरगढि गाउपालिकाले पालिकाको शिक्षा सम्बन्धि निति र कार्यनिति दिगो बिकाश लक्ष्य अनुरुप बनाईएको तर उक्त निति अनुरुप कार्यान्वयन गर्न केहि कार्ययोजना मा सुधार गर्नु पर्ने बारे समेत बताउनु भएको थियो ।