बागमती प्रदेशमा शिक्षाको ज्योतीलाई सबैतिर फैलाउनुपर्छ–मुख्यमन्त्री शाक्य

जनपत्र
११ आश्विन २०७८, सोमबार १५:३२

हेटौंडा । बागमती प्रदेशलाई आजबाट साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज यस प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश भएको घोषणा गर्नुभयो । कार्यक्रमको उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडी बढाउने वताउनुभयो ।

यस प्रदेशमा शिक्षाको ज्योतीलाई सबैतिर फैलाउनुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘अहिले पूर्ण साक्षर नभएपनि अब भने सत प्रशित साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरु लाग्नुपर्छ ।’ पहिले महिलाहरु वेलुकाको समयमा मात्र प्रौडकक्षा पढ्नुपर्ने बाध्यता रहेको रहेपनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने वताउनुभयो ।

जिल्लास्तरबाट सबै अभियनताहरु साक्षर अभियानमा लाग्न मुख्यमन्त्री शाक्यले निर्देशन दिनुभयो । घोषणाको काम सकिएपनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने वताउनुभयो । शान्तिपूर्ण र बिभेद रहित नेपाल निर्माण गर्नका लागि काम गर्नुपर्ने वताउनुभयो । प्रदेशका सामाजिक विकास मन्त्री विजय सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिबहरु, मन्त्रालय र निर्देशनालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*