कसैलाई विभेद गर्दिनः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेशका मन्त्री र हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयरद्वारा स्काउटको सपथ ग्रहण
जनपत्र
११ आश्विन २०७८, सोमबार १५:००

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट बागमती प्रदेशको संरक्षकको भूमिकामा रहँदा कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता गर्नुभएको छ ।सोमबार हेटौंडामा स्काउटको सपथ लिँदे मुख्यमन्त्री शाक्यले सबैलाई समान व्यवहार गर्ने बताउनुभएको हो ।

बागमती प्रदेशमा स्काउटलाई अझ शशक्त, ब्यापक बनाउन, स्काउट प्रति विश्वास जगाउन, सद्भाव कायम राख्न संरक्षको रुपमा आफुले भूमिका खेल्ने बताउनुभयो । संघीयतामा देश गएसँगै अब स्काउटलाई पनि बागमती प्रदेशमा व्यवस्थित गर्न प्रदेश स्काउट तदर्श कमिटीलाई मुख्यमन्त्री शाक्यले निर्देशन दिनुभएको छ । राजनीतिक भावनाबाट बाहिर आएर उच्च मानवीय सेवा गर्ने संस्था स्काउट भएको मुख्यमन्त्री शाक्यले बताउनुभयो ।

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाल स्काउटले आज स्काउटको पद तथा गोपनियताको सथप ग्रहण गराएको छ । मुख्यमन्त्री शाक्यसँगै सामाजिक विकास मन्त्री विजय सुवेदी, राज्यमन्त्री जुनेली श्रेष्ठलाई पनि सपथ ग्रहण गराएको छ ।

बागमती प्रदेशमा स्काउटको संरक्षण मुख्यमन्त्री हुने, सामाजिक विकास मन्त्री प्रमुख स्काउट रहने व्यवस्था रहेको छ । यसैगरी मुख्यमन्त्री शाक्यले हेटौंडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महत र उपप्रमुख मिनालामा, नगर शिक्षा प्रमुख गंगाधर रिमाललाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ ।

स्थानीय तहको संरक्षकको रुपमा उनीहरुलाई सपथ गराइएको होे । यस्तै बागमती प्रदेशको सामाजिक विकास मन्त्री एवम् प्रदेश स्काउट प्रमुख विजयी सुवेदी चितवनको ७ स्थानीय तहको स्काउट संयोजकहरुलाई सपथ खुवाउनुभएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका प्रमुख एवम् स्काउट हेटौंडाको संरक्षक हरिबहादुर महतले हेटौंडा उपमहानगर कमिटीलाई सपथ खुवाउनुभएको थियो । समृद्धसमाजबाट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*