नेपाली काग्रेश हेटौंडा उपमहानगरपालिका कमिटीमा उत्सव इटेनीको प्यानल बिजयी

जनपत्र
१० आश्विन २०७८, आईतवार ०८:०३

हेटौंडा। नेपाली कांग्रेस हेटौंडा उपमहानगर कमिटीमा उत्सव इटेनीको प्यानलले जित हासिल गरेको छ। शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा उपमहाँनगर सभापतिमा इटेनी र अन्य पदका इटेनी प्यानलकै उम्मेदवार विजयी भएका हुन्। उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी बनेका हुन।नगर सभापति उत्सव इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गरेका छन।

उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका डोल्मा स्याङ्बोले २५७ र रामकृष्ण कोइरालाले ३०० मत प्राप्त गरी विजयी बनेका हुन,अर्का ज्योती कोइराला१२६ शेशन गोले ९३ले प्राप्त गरेका छन।

त्यसैगरी सचिवमा कुमार पोखरेलले १६३ गंगा प्रसाद पौडेलले ११० मत, सविन न्यौपानेले २९७ मत र हर्क रत्नलामाले २२२ मत प्राप्त गरेका छन। २९७ मत र २२२ मत प्राप्त गरी न्यौपाने र लामा सचिव पदमा निर्वाचित भएका हुन।

निर्वाचित दुवै इटेनी प्यानलका हुन। त्यसैगरी सहसचिवमा अञ्जनी पराजुलीले १५७ मत ,निगम श्रेष्ठले २५८ मत विकास बानियाँले २६५ मत र राजकुमार जोशीले ८४ मत प्राप्त गरेका छन। इटेनी प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ र बानियाँ सहसचिव पदमा निर्वाचित भएका हुन।४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो। प्रष्टखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*