मकवानपुरका वन अधिकृतसहित २० विरुद्ध भ्रष्टाचार मुद्दा

डेढ / डेढ करोड विगो
जनपत्र
१ जेष्ठ २०७६, बुधबार १९:१६

हेटौंडा, डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धितालसमेत २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाख भन्दा बढी रकम बाँडेर खाएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

साविक धियाल– २ हालको बकैया गाउँपालिका वडा नम्बर २ मा रहेको ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४।४९ हजार क्यू फिट काठ कटानी आदेश दिएका थिए।

उनीहरूले १५० भन्दा बढी सालका हरिया रूख काटी गोलिया हिनामिना गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ। १ करोड ५८ लाख ७० हजार राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानीनोक्सानी पुर्‍याएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

कसविरुद्ध कति बिगो ?

अन्नपूर्ण पोष्ट अनलाईनबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*