आईपीएलः राजस्थानलाई ३३ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

जनपत्र
१० आश्विन २०७८, आईतवार ०७:१७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ।

शनिबार युएईको अबुधाविमा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

दिल्लीका लागि श्रेयस अय्यरले ४३, शिमरोन हेटमायरले २८, कप्तानी ऋषभ पन्तले २४ र ललित यादवले १४ रन बनाए रन बनाए।

बलिङतर्फ राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले दुई–दुई तथा कार्तिक त्यागी र राहुल टिवटियाले एक–एक विकेट लिएका थिए।

१५५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२१ रन मात्रै जोड्न सक्यो। राजस्थानका कप्तान सञ्जु सामसनले ७० रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन्। आजको जितसँगै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*