एथ्लेटिको मड्रिडको अपराजित यात्रा टुंगियो

जनपत्र
१० आश्विन २०७८, आईतवार ०७:१४

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । लिगमा यो सिजनको पहिलो हार बेहोरेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड एलाभेससँग १–० ले पराजित भएको हो । चौथो मिनेटमा भिक्टर लागुर्डियाले हेड मार्फत गरेको गोल नै एलाभेसको जितका लागि निर्णायक बन्यो । पराजित भएको एथ्लेटिको मड्रिडको सात खेलबाट १४ अंक भएको छ ।

शीर्ष स्थानको रियल मड्रिडले भने अपराजित यात्रा कायम राख्न सफल भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको छ ।

शीर्ष स्थानमा रहेको रियल मड्रिडको सात खेलबाट १७ अंक भएको छ । अरु खेलमा सेभिल्लाले स्पानियोललाई २–० ले पराजित गर्दा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*