मकवानपुरका स्थानीय तहमा काग्रेश अधिवेशनबाट को–को चुनिए ?

जनपत्र
९ आश्विन २०७८, शनिबार १९:२०

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको पालिका अधिवेशनमा ४ वटा गाउँपालिकाको अधिवेशन सकिएको छ ।
ईन्द्रसरोबर गाउँपालिकाको अधिवेशनले सभापतिमा विश्व लामा सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै, बकैया सभापतिमा दिलबहादुर भोम्जन सर्वसम्मत चयन भएका छन् । मनहरी सभापतिमा प्रकाश बर्तौला र भीमफेदी सभापतिमा सञ्जिव श्रेष्ठ विजयी भएका छन् । काग्रेशको अरु स्थानीय तहको मतगणना सकिएर घोषणा गर्नेक्रम चलिरहेको छ । हेटौंडामा धेरै मतदाता भएकाले यसको नतिजा राती अवेर आउने वताइएको छ ।

नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गरेका हुन् ।

सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत टिकाप्रसाद दाहालले जानकारी दिए । त्यस्तै उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ ।

नेपाली कांग्रेस मनहरी गाउँपालिकाको सभापतिमा प्रकाश बर्तौला निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट बर्तौला सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी शंखर न्यौपानेलाई २१ मतले मत अन्तरले पराजित गरेका हुन् ।

सभापति बर्तौलाले कूल खसेको १६१ मत मध्ये ८२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी न्यौपानेले भने ६१ मत प्राप्त गरे । १६ मत भने बदर भएको मतदान अधिकृत रामसागर गुरागाईँले तु खबरलाई जानकारी दिए ।त्यस्तै उपसभापतिमा सुर्य बहादुर रोक्का र उत्तम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही तथा सह सचिवमा गंगामाया कोइराला र चट्टान स्याङ्तान पनि सर्वसम्मत चयन भएका हुन् । ४५ सदस्यीय कार्यसमितिमा अधिवेशनले पदाधिकारीसहित ३६ जना चयन गरेको छ भने बाँकी ९ जना कार्यसमितिले मनोनित गर्नेछ । कूल १६८ मतमध्ये १६१ जनामात्रै निर्वाचन प्रक्रियामा सहभागि भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*