मनहरी गाउँपालिकाले नदिजन्य पदार्थको जरिवाना काट्दा प्रहरीद्वारा ५० वटा सवारी नियन्त्रणमा
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदिजन्य पदार्थको जरिवाना काट्दा ढुङ्गा, गिट्टी, वालुवा बाकेर लोथर सम्म पुगेका सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आज मात्र प्रहरीले ५० वटा सवारी नियन्त्रणमा लिएको हो ।
देशैभरी असार, साउन र भदौ महिनामा खोलामा पस्न पाइदैन, यसैले पनि ढुङ्गा, गिट्टी, वालुवाको निकासी गर्नका लागि रोक लगाइएको हुन्छ । तर, मनहरी गाउँपालिकाबाट ढुङ्गा, गिट्टी, वालुवाको चोरी निकासी हुँदा त्यतीबेला कानमा तेल हालेर वसेको मकवानपुर प्रशासन र प्रहरी अहिले जरिवाना काटेपछी टिप्पर नियन्त्रणमा लिन थालेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।
दुइमहिना सम्म दिनरात नभनीकन खोलाको ढुङ्गा, गिट्टी, वालुवा चोरै भइरहयो । राजमार्गका ठाउँठाउँमा बसेका प्रहरी रमिते बने । तर, चोरी, निकासीलाई रोक्नका लागि गाउँपालिकाले टिप्पर, ट्याक्टरबाट जरिवाना रकम लिन थालेपछी मनहरी प्रहरीले लोथरमा नियन्त्रणमा लिएको हो ।
मकवानपुर प्रशासन र प्रहरीको मिलेमतोमा मनहरी सहित हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, बकैयाँ गाउँपालिकामा चोरी नियन्त्रण गरिएन । मनहरीमा सबै भन्दा धेरै चोरी भयो । तर, प्रहरी टुलुटुलु हेरेर वसिरहे । अरुबेलामा ढुङ्गा, गिट्टी, वालुवाका सवारी आउने वित्तिकै नदेखेझै गर्ने इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी आज दिनभर गाउँपालिकाले जरिवाना काटेको सवारीका साधन नियन्त्रण गर्न व्यस्त थिए । साउन, भदौ र असोज महिनामा समेत ढुङ्गा, गिट्टी, वालुवाको चोरै नरोकिएपछी जरिवाना काटीएको अध्यक्ष उप्रेतीले वताउनुभयो ।
दिनमा दर्जनौ टिप ढुङ्गा, गिट्टी, वालुवा मनहरीबाट चोरी भएर निकासी हुँदा प्रहरीले एक दिनपनि पक्राउ गरेर गाउँपालिकालाई नबुझाएको यहाँको कर्मचारीहरु वताउँछन् । तर, गाउँपालिकाले अबैध सामानको जरिवाना गर्न पाउने नियम हुँदा हुँदैपनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज पनि २६ वटा सवारीका साधन ढुङ्गा, गिट्टी, वालुवा लिएर मनहरी गाउँपालिका अन्तरगतका खोलाबाट चोरी गरेर इलाका प्रहरी कार्यालयका प्रहरीले पक्राउ गर्नुको सट्टामा मिलेमतोमा छोडिदिएपछी सुनाचुरीमा गएर मात्र गाउँपालिकाले जरिवाना काटेको थियो । तर, जरिवाना काटेको रसिद देखेपछी प्रहरीले पक्राउ गरेको हो ।
ढुङ्गा, गिट्टी, वालुवाको चोरी धेरै बढेको भन्दै जिल्ला समन्वय समिति मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, आरक्ष लगायतलाई पत्र पठाएर मात्र जरिवाना लिन सुरु गरेको अध्यक्ष उप्रेतीले वताउनुभयो ।
ढुङ्गा, गिट्टी, वालुवाको जरिवाना काटेपछी त्यो माल पठाउन नमिल्ने भएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले वताउनुभयो । चोरी भएको जानकारी भएसम्म नियन्त्रण गरिएको वताउँदै उहाँले भन्नुभयो–‘मनहरी गाउँपालिकाले चोरी निकासी भएको ढुङ्गा, गिट्टी, वालुवाको जरिवाना मात्र काट्ने भन्दा पनि सामान पनि जफथ नगरेकाले नियन्त्रण गरिएको हो । अब यो सामाग्री गाउँपालिका वा जिल्ला समन्वय समितिलाई बुझाउँछौं ।’
Document 6