‘बागमती प्रदेश र एक नम्बर प्रदेशमा केपी ओलीको पाटीलाई धुलो चटाउँछौं’-माधब नेपाल

जनपत्र
९ आश्विन २०७८, शनिबार १६:०४

हेटौंडा । नेकपा (एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपालले बागमती प्रदेश र एक नम्बर प्रदेशमा केपी ओलीको एमालेलाई धुलो चटाउने चेतावनी दिनु भएको छ । नेकपा (एकिकृत साजबादी) मकवानपुरको भेलालाई आज हेटौंडामा संबोधन गर्दै उहाँले अरु प्रदेशमा एमाले भन्दा आफ्नो दल माथी रहेको दाविब गर्दै एक र बागमती प्रदेशमा केपी ओलीको पाटीलाई धुलो चटाउने चेतावनी दिनुभएको हो । दुवै प्रदेशमा एमालेको अल्पमतको सरकार चलिरहेको समयमा उहाँले यस्तो चेतावनी दिनुभयो । दुवै प्रदेशमा अबको केही दिनमा सरकार ढाल्नेतर्फ उहाँको भनाइ लक्षित रहेको थियो ।

एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो । एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जान कार्यकर्तालाई आग्रह गर्नुभयो । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–‘उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’

एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उहाँले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गर्नुभयो । ओलीले जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उहाँलाई विदा गर्नुपर्छ भन्ने योजनामा आफूहरू लागेको नेपालको भनाइ थियो ।

२०७१ सालमा नै गलत व्यक्ति र तरिकाले एमाले अगाडि बढिरहेको भन्दाखेरि त्यस्तो भन्नेलाई शत्रु ठानेको नेपालले बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी गठनका क्रममा आफूलाई जानकारी नभएको र पुष्पकमल दाहालसँग गोप्य सहमति गरेर ओली अगाडि बढेको नेपालको भनाइ थियो ।

दुवै जनाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा–आधा कार्यकाल बाँड्ने सहमति गरेको तर त्यो सहमति ओलीले उल्लंघन गरी कागजमै सीमित राखेको नेपालको भनाइ थियो । प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो,ओलीले विगतमा भनेका कुरा स्मरण गर्दै नेपालले भने, मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य विरोध खतिवडाले हेटौंडामा भईरहेको एक कार्यक्रममा आफ्नो कार्यकर्तालाई आउँदो चुनावमा कति भोट जम्मा गर्न सक्नु हुन्छ भन्दै प्रश्न गर्नु भएको छ ।

भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य खतिवडाले पार्टी कार्यकर्ताको नामहरु लिँदै आउँदो चुनावमा कति भोट ल्याउने जिम्मा लिनु हुन्छ भन्दै प्रश्न गर्नु भएको हो । आउने दिनहरुमा एकीकृत समाजवादी पार्टी देशकै पहिलो कम्युनिस्ट पार्टी हुने दाबी गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी फुट भएको समेत वताउनुभयो । कार्यक्रममा पाटीका केन्द्रीय सदस्य मुनु सिग्देल, जिल्ला अध्यक्ष श्रीधर पोख्रेल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*