काग्रेशको नगरसभापतिमा इटेनी नेतृत्वको प्यानलै घोषणा

जनपत्र
८ आश्विन २०७८, शुक्रबार १९:३१

हेटौंडा । नेपाली काग्रेशको भोली हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सब इटेनीको प्यानलनै घोषणा गरिएको छ । आज साँझ पत्रकार सम्मेलन गर्दै इटेनीको प्यानल घोषणा गरिएको हो ।

इटेनी तर्फका नगरउपसभापतिमा रामकृष्ण कोइराला, अर्का उपसभापतिमा डोल्मा स्याङबो, सचिबमा सविन न्यौपाने, अर्का सचिबमा हर्करत्न लामा, सहसचिबमा निगम श्रेष्ठ, अर्का सहसचिबमा विकास बाँनियाँ लगायतकाले उमेद्वारी दिने घोषणा गर्नु भएको छ ।

पार्टी फुट भन्दा पनि जुट्नका लागि उमेदवारी दिन लागेको सभापतिका उमेदवार इटेनीले वताउनुभयो । सहमतीका लागि अन्तीम सम्म प्रयाश गरिएपनि त्यसको उपलब्धी हुन नसकेपछी उमेद्वारी दिन लागिएको उहाँले वताउनुभयो ।

गर सभापतिका उम्मेदवार राउतले पनि आफ्नो टिम बनाउन र प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवार घोषणा गरेर अघि बढेका उनलाई दुबै चुनावको प्रचारप्रसारको चाँजोपाँजो मिलाउनु पर्नेछ ।

यता, मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा नगर सभापतिमा कसैको नजिकको नभई योग्य र लोकप्रिय उम्मेदवार आउनुपर्ने धारणा कार्यकर्ता माझ राख्दै आएका छन् । उनले मकवानपुरका १०२ वडामध्ये ८९ वडामा सर्वसम्मत ढंगले निर्वाचन सकिएको उदाहरण दिंदै गाउँ/नगरको अधिवेशन पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरिरहेका छन् । उनले भए अधिकतम सहमती र नभए चुनावी प्रक्रियामार्फत सौहार्द्धपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्नुपर्ने विभिन्न कार्यक्रममा सम्बोधनका क्रममा बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*