गैँडाको खागसहित गौशालाबाट एक जना पक्राउ

जनपत्र
८ आश्विन २०७८, शुक्रबार १३:५६

काठमाण्डाै – गैँडाको खाग (आखेटोपहार) सहित प्रहरीले काठमाण्डौको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले वन्यजन्तुको आखेटोपहारको ओसारपसार तथा बेचबिखनमा संलग्न रहेको आरोपमा ३० वर्षीय निकेश बस्नेतलाई गौशाला तिलगङ्गाबाट पक्राउ गरेको हो ।

उनको साथबाट गैँडाको खाग बरामद गरिएको प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी श्यामकुमार महतोले जानकारी दिनुभयो ।  बस्नेलाई पक्राउ गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौमा बुझाइएको उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*