सदन र सडकमा शक्ति प्रदर्शन गर्ने कांग्रेसको चेतावनी

जनपत्र
१ जेष्ठ २०७६, बुधबार १५:४७

१ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकमा शक्ति प्रदर्शन गर्ने भएको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको विरोध गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘तीन वटै विधेयक संविधान प्रतिकुल आएका छन्, सरकारले फिर्ता लिनुपर्छ ।’ मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने कांग्रेसको ठहर छ । प्रमुख सचेतक खाडले भने, ‘यदि जबरजस्ती विधेयकलाई अगाडि बढाउन खोज्यो भने कांग्रेसले सदनभित्र र बाहिर सडकमा आफ्नो शक्ति परिचालन गर्नेछ ।’
अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*