अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०० ग्राम सुनको बालासहित ६ जना पक्राउ

जनपत्र
७ आश्विन २०७८, बिहीबार १४:५३

काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०० ग्राम अवैध सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ३०० ग्राम सुनको बाला बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालामा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*