मिडिया बिरोधी कानुन सच्याउन मकवानपुरका सञ्चारकर्मीको सुझाव

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा मिडिया काउन्सिल बिधयकको प्रेश स्वतन्त्रता बिरोधी प्राबधानका बिरुद्धमा सरोकारवाला पक्षबीच छलफल कार्यक्रम गरिएकोे छ । कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले मिडियाका बिरुद्धमा ल्याउन लागिएको कानुन सच्याउनका लागि माग गरेका छन् । यो बिधयक संसदमा पास गर्नुभन्दा पहिलेनै पत्रकारहरु संगको छलफल पछी मात्र पेस गर्नका लागि आग्रह गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले सत्ताको मिडियाप्रतिको गलत मनसाय रोकिनुपर्ने बताउनुभयो ।
संचार क्षेत्रमा रहेका नराम्रा कुरालाई हटाएर अगाडी बढ्नका लागि उहाले सरकारलाई सुझाब दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले समाचार लेखेकै आधारमा पत्रकारलाई जेल हाल्न नमिल्ने बताउनुभयो । बिधयक पास भएपछी सरकारको गुनगानका समाचार भन्दा बाहेकका समाचार लेखेमा जेल हाल्न लागिएकोमा उहाँले आपत्ति जनाउनुभयो । सरकाले बलको आडमा ल्याउने बिधयक सच्याउनकमा लागि दबाद दिन सबै पत्रकार एक जुट हुनुपर्ने अध्यक्ष हुमागाईंले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार प्रदेश नम्बर ३ का महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्षहरु नवराज शर्मा, कौषल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, पत्रकार महासंघका प्रशिक्षण बिभागका सदस्य मनोज ढोडारी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष पोष्टराज अधिकारी(कुमार) लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यसैगरी नेपाल पे्रश युनियन मकवानपुरको आयोजनामा कानुनमा उल्लेख भएका प्रेश स्वतन्त्रता बिरोधी प्राबधान हटाउनका लागि माग गर्दै आज हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रेश युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार)को अध्यक्षता तथा नेपाल प्रेश युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहालको प्रमुख आतित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागि पत्रकारहरुले आफ्ना सुझाबहरु राखेका थिए ।