हेटौंडाको राजदेविमा पक्की सडकका लागि हरेक वर्ष लगानी, स्थानीयहरु खुसी

जनपत्र
५ आश्विन २०७८, मंगलवार ०९:०६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेविमा पक्की सडक निर्माणका लागि हरेक वर्ष स्थानीय सरकारले लगानी गर्दै आएको छ ।

हेटौंडा उपमहानगरपालिकाले स्थानीय उपभोक्ता समिति मार्फत र ठेक्का मार्फत समेत गरेर सडक निर्माणमा लगानी गरेको हो । ५० वर्ष पुरानो राजदेखिको कच्ची सडक भएपनि पक्की नभएको यहाँको सडकलाई हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरेर पक्की निर्माण गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

दुइवर्ष यता यस क्षेत्रमा सडकमा स्लाब ढलान गर्ने, पीच गर्ने र नाली निर्माण गर्ने लगायतका कामहरु गरिएको मेयर महतले वताउनुभयो । पहिले राजदेवि क्षेत्रमा पीच सडकबाट सवारी चलाउन समस्या भएको र अहिले भने स्थानीय सरकारले विकासमा प्राथमिकता दिएकोमा स्थानीयहरु खुसी समेत भएका छन् ।

उपमहानगरपालिकाले एक करोड ३७ लाख रुपैयाँ लागतमा हेटौंडा १७ कै रानीखोलामा ६ मिटर फराकिलो र एक हजार मिटर लम्वाइको सडक स्लाब ढलान गरेको छ । त्यसैगरी रामपुर–चुनडाँडा सडकमा ७ सय मिटर नाला, ४ सय मिटर रिटेनिङवालसहित एक सय २५ मिटर सडकमा स्लाब ढलाइ गरिएको उाँले वताउनुभयो ।

कुल ५१ लख रुपैयाँ लागतमा यो सडक निर्माण गरिएको हो । त्यसैगरी राजदेविको एक्लेखेत गुवाबारीमा दुइ करोड रुपैयाँ लागतमा १५ सय १० मिटर सडकमा पीच गरिएको मेयर महतले वताउनुभयो । यसैगरी ४५ लाख रुपैयाँ लागतमा ३ सय ३० मिटर लामो र ६ मिटर चौडाइ सडकमा स्लाब ढलाई गरिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*