हेटौंडाको युनिलिभरलाई कार्बाही प्रक्रिया सुरु, अनुसंधान अधिकारी तोकियो

म्याद गुज्रिएको तीन हजार बोरा चियापत्ति बिक्री गर्न लाग्ने हेटौंडाको युनिलिभरलाई खाद्य्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अनुसंधान अधिकारी तोकेर कार्बाही प्रक्रिया सुरु गरेको छ ।
जनपत्र
५ आश्विन २०७८, मंगलवार ०८:३१

हेटौंडा । हेटौंडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपाल लिमिटेडलाई खाद्ययप्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले कार्बाही प्रक्रिया सुरु गरेको छ । स्थानीय प्रशासनको नेतृत्वमा उद्योग परिषरमा छापा मारेर म्याद नाघेको चियापत्ति फेलापारेपछी त्यसको लेभल हेर्नका लागि खाद्यय तथा गुण नियन्त्रण बिभागमा जाँच गर्नका लागि पठाइएको थियो ।

बिभागले युनिलिभरमा मुजुल्का उठाएकै आधारमा कार्बाही गर्नका लागि निर्देशन दिए लगतै अनुसंधान अधिकारी तोकेर कार्बाही प्रकृया अगाडी बढाइएको खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जनाएको छ । अनुसंधान प्रकृया अली लामो हुने कानूनी व्यवस्था रहेकाले यस कार्यमा जुटेको कार्यालयले जनाएको छ । आम उपभोक्तालाई ठगि गर्नेगरी म्याद नाघेको चियापत्ति बजारमा बिक्री गर्ने तयारी गरिरहेको समयमा स्थानीय प्रशासन सहितको टोलीले उद्योगमै शिल गरेको थियो । युनिलिभरमा ३२ टन डेट एक्स्पायर चिया भेटिएपछि प्रशासने यही भदौ १७ गते सिल गरिएको थियो ।

हेटौंडा–३, बसामाडीमा रहेको बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चियापत्ति प्लाण्टमा स्थानीय प्रशासनले सिल गरेको थियो । युनिलिभरमा ३२ टन चियापत्तिमा शिल गरिएपनि अरु समेत गरेर म्याद नाघेको तीन हजार बोरा चियापत्ति रहेको छ ।
अनुगमनका क्रममा गरिएको शिलवन्दी अहिलेनै कायमनै रहेको वताइएको छ ।

भारतबाट आयात गरिएको म्याद गुज्रिएको (डेट एक्स्पायर) चियापत्तिलाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्राण्डमा बजार पठाउने गरेको फेला पारिएसँगै सिल गरिएको थियो । विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ति प्लाण्टमा अनुगमन गरेको बताईएको छ ।

अनुगमनको क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९ सय २० बोरा (३२ टन २ सय केजी) अन्य कम्पनीका मिश्रित चियापत्ति ३ हजार बोरा भन्दा बढी चियापत्ति फेला पारिएको थियो । युनिलिभरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख सोमकान्त रिजाल सहितको टोलीले चियापत्ति उत्पादन गर्ने उद्योगमा सिल गरिएको थियो । अनुगमन टोलीका अनुसार सन् २०१९ मा उत्पादित चियापत्ति सन् २०२० को जुन् महिनाभित्र प्रयोग गरिसक्नु पर्ने जनाएको छ ।

म्याद गुज्रिएको डेढ बर्ष भईसकेको चिया पुनः रिप्याकेजिङ गर्नु उपभोक्ता माथिको ठगी रहेको भन्दै सिलवन्दी गरिएको थियो । नेपाली आम जनताको भान्सामा बहुर्राष्ट्रिय कम्पनीको विश्वासका साथ प्रयोग गर्दै आएकोमा यसले उद्योगको उत्पादन माथि नै प्रश्न उठेको र नेपाली उपभोक्ताहरुलाई ठगी गरिरहेको उपभोक्ताकर्मीहरुको भनाई रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्न लागि परेको अभियोजनमा मुद्दा अघि बढाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न २०७६ कार्तिक १७ गते मातहत कार्यालयलाई निर्देशन दिएको छ । यस अघि मकवानपुरमा हुने गरेको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएको सामग्री सोझै नष्ट गर्ने गरेको थियो ।

तर युनिलिभरका डेट एक्स्पायर चियापत्ति नष्ट नगरी परीक्षणका लागि विभाग पठाउनुले यो विषयलाई कमजोर बनाउन लागेको उपभोक्ताकर्मीहरुको आरोप रहेको छ । यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले अभियोजन गर्न र मुद्दालाई थप बलियो बनाउन परीक्षण गर्न लागिएको दाबी गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*