मकवानपुरमा राजनीतिक गतिविधिमा जुट्दै दल

बिशेषगरी नेकपा एमाले, नेपाली काग्रेश, नेकपा माओबादीका कार्यक्रम मकवानपुरका स्थानीय तहमा केन्द्रीत भएका छन् ।
जनपत्र
५ आश्विन २०७८, मंगलवार ०७:४१

हेटौंडा । मकवानपुरमा राजनीतिक गतिविधि निकै बढ्न थालेको छ । कोरोना संक्रमण कम भएसंगै मकवानपुरमा राजनीतिक दलहरुका कार्यक्रम निकै बढ्न थालेको हो । हरेक दिन दलका कार्यक्रम हुने गरेका छन् । बिशेषगरी नेकपा एमाले, नेपाली काग्रेश, नेकपा माओबादीका कार्यक्रम मकवानपुरका स्थानीय तहमा केन्द्रीत भएका छन् ।

स्थानीय तहको चुनावी लक्षित कार्यक्रम, आफ्ना पाटीका अधिवेशनलाई केन्द्रीत गरेर एमाले र काग्रेशले आफ्ना सक्रियता बढाएको छ । त्यसैगरी माओबादी र एमाले छुट्टा छुट्टै पाटी भएपछी माओबादीले पनि आफ्ना गतिबिधिहरु गाउँगाउँ सम्म लगेका छन् । तीनै दलले आफ्ना दलमा प्रवेश गराउने, राजनीतिक प्रशिक्षक, सभा र समारोहका कार्यक्रम बढेका हुन् ।

नेकपा एमालेले मकवानपुरका दशवटै स्थानीय तहमा गएर पार्टीका कार्यकर्तालाई क्रियाशिल गराउने, सभा, भेला, पाटी प्रवेश गराउने लगायतका कार्यक्रम गर्दै आएको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले वताउनुभयो । पार्टी र जनवर्गिय संगठनका भेला, बैठकलाई केन्द्रीत गरेर काम गर्दै आएको सचिब श्रेष्ठले वताउनुभयो । नेपाली काग्रेशको वडा अधिवेशन सकिएको छ ।

अब स्थानीय तहका अधिवेशन, क्षेत्रिय, जिल्ला र केन्द्रीय महाधिवेशनका कारण पनि काग्रेशको कार्यक्रमका गतिबिधिहरु बढेको काग्रेश मकवानपुरका हेटौंडा उपमहानगरपालिका सभापति आनन्द पराजुलीले वताउनुभयो । काग्रेशका कार्यक्रम मकवानपुरका दश वटै स्थानीय तहमा पालैपालो जसरी भएका छन् ।

यसैगरी नेकपा माओबादीले पनि पाटी र भातृसंगठनका गतिबिधिका कार्यक्रमलाई तल्लो तहसम्म गएर सक्रिय वनाएका छन् । यसैगरी नेकपा एकीकृत समाजबादी, राप्रपा, जसपा लगायतका दलहरु पनि आफ्ना पाटीका काममा जुटेका छन् । कोरोना संक्रमणका कारण महिनौ सम्म निस्क्रिय भएका मकवानपुरका राजनीतिक दलहरु अहिले भने सक्रिय भएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*