प्रदेश ३ मा राजधानीको प्रकृया सुरु, संसदमा काग्रेशको अबरोध हट्यो

हेटौंडा । प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपा र प्रतिपक्ष दल नेपाली काग्रेशको समझदारी पछी संसदमा रहेको अबरोध हटाउँदै प्रदेश ३ को राजधानीको प्रकृया सुरु गरिएको छ । संसद गठन भएको डेढ बर्ष सम्म पनि स्थायी राजधानी नतोकिएपछी संसद अबरुद्ध गरेको काग्रेश संसगको समझदारीमा संसदको अबरोध हटेको हो ।
आजबाटनै स्थायी राजधानीका लागि केही प्रकृया सुरु गरिएको छ । संसदमा स्थायी राजधानीको प्रकृयाले प्रवेश पाएको छ । तर, यो प्रकृया संसदको अबकरोध खोल्नका लागि मात्र भएको केही सांसदले टिप्पणी गरेका छन् । नम्बर प्रदेशको राजधानी सम्बन्धी कार्य्विधि मंगलबार प्रदेशसभामा पेश भएको छ । प्रदेशसभा भवन हेटौँडामा बसेको प्रदेशसभा बैठकमा कार्य्विधि पेश भएको हो । बैठकमा नेकपाका मूख्य सचेतक रामेश्वर फुँयालले कार्य्विधि पेश गरेका गरे भने नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले प्रस्तावको समर्थन गरेकी छिन् ।संसद बैठक भोलीका लागि फेरी बोलाइएको छ ।