मंसिर सम्ममा हेटौंडामा फोरजी भित्रयाउने सञ्चार मन्त्रीको योजना

जनपत्र
३१ बैशाख २०७६, मंगलवार १९:१९

हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले आउँदो मंसिर महिना सम्ममा हेटौंडामा फोरजी सेवाको सुरुवात गर्ने बताउनुभएको छ । देशका ठुला शहरमा फोरजी ल्याउने अभियान अनुसार सरकारले हेटौंडामा फोरजी सेवा ल्याउने बताउनुभयो ।

हेटौंडाको हुप्राचौरमा निर्माण भएको डिजाष्टर रिकभरि केन्द्रको आज हेटौंडामा उद्घाटन गर्दै उहाँले देशमा धेरै खालका बिकाश गर्ने क्रममा हेटौंडा काठमाण्डौ ओहोर दोहोर गर्ने दुरी अब कान्तिलोकपथबाट गर्न सकिने गरी तयार गरिन लागिएको बताउनुभयो । हेटौंडा काठमाण्डौ सुरुङमार्गबाट फुत्त ओहोर दोहोर गर्ने भन्दा पनि सडकका माध्यमबाटनै फुत्त ओहोर दोहोर गर्न सहज बनाइन लागिएको बताउनुभयो । हेटौंडामा निर्माण गरिएको डाटा सेन्टर अरु जिल्लामा पनि निर्माण गर्ने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*