इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग बराबरीमा राेकियाे

जनपत्र
३ आश्विन २०७८, आईतवार ०८:३१

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग अङ्क बाँडेको छ । सिटीको ५ खेलमा १० अङ्क छ । सिटी लिगको दोस्रो स्थानमा छ । त्यस्तै साउथह्याम्पटन ४ अङ्कका साथ १५ औं स्थानमा छ ।

प्रिमियर लिगमा वाट्फोर्डले नर्विच सिटीलाई ३–१ गोलले र ब्रेन्टफोर्डले वुल्भ्सलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले एक/एक गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*