प्रदेशको राजधानी छिटो टुङ्गो लगाउन सुझाब

प्रदेशको नीति तथा कार्यक्रमका बारेमा छलफल, उत्पादन र रोजगारी सृजना गर्ने बजेट ल्याउन माग ।
जनपत्र
३१ बैशाख २०७६, मंगलवार १२:५६

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ को संसदिय दलको बैठकमा सहभागि सांसदहरुले प्रदेशको स्थायी राजधानीको बिषय छिटो टुङ्गो लगाउनका लागि माग गरेका छन् । प्रदेशसभा गठन भएको डेढ बर्ष बितिसक्दा पनि राजधानी र नामाकरणको बिषय नटुङ्ग्याएको भन्दै नेकपाका सांसदहरुले असन्तुष्टी ब्यक्त गरेका छन् ।

आज बोल्ने १० जना सांसद मध्य अधिकांशले राजधानी र नामाकरणको बिषय टुङ्गो लगाउनुपर्ने माग गरेका छन् । प्रदेश सरकारले बजेट प्रस्तुत गर्नु भन्दा अगाडि वा पछाडी राजधानीको प्रकृया सुरु हुने नेकपा प्रदेश ३ का मुख्यसचेतक रामेस्वर फूयालले बताउनुभयो । प्रदेशको प्रमुख, प्रतिपक्षिदल नेपाली काग्रेशले संसद अबरुद्ध गरेकाले उसंगको निरन्तर बार्ता र छलफलबाट निकास निकालीने र संसदको अबरोध हटाउने तयारी भएको उहाँले बताउनुभयो ।

संसदिय दलको बैठकमा आगामी आर्थिक बर्ष २०७६।०७७ का लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटले कुन–कुन कुरालाई प्राथमिकता दिने भन्ने बिषयमा छलफल भएको छ । सहभागि सांसदहरुले समाजबाद उन्मुख, उत्पादन र रोजगार सृजना गर्ने खालको बजेट ल्याउनका लागि सुझाब दिएका छन् । बैठकमा गत बर्षको बजेट कार्यनयन हुन नसकेको बिषय, राम्र बिषय प्राथमिकतामा पर्न नसकेको लगायतका बिषयमा सांसदहरुले सुझाब दिएका छन् ।

नेकपा प्रदेश ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्य, मुख्यसचेतक फूयाल, प्रदेशका मन्त्रीहरु, लगायत अधिकांश सांसदहरु बैठकमा सहभागि भएका थिए । आज दश जना सासदले मात्र आफ्ना कुरा राखेका छन् भने अरु ३१ जना सांसदले बोल्नका लागि नाम टिपाएका छन् । संसदिय दलको बैठक भोली फेरी बस्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*