हेटौंडामा सुस्मिता हत्याकाण्डः अरुण कार्की पुर्पक्षको लागि थुनामा

जनपत्र
३० भाद्र २०७८, बुधबार ०७:३७

हेटोंडाः हेटौँडा–४ कर्राकी सुस्मिता केसी (थापा)को हत्या आरोपमा सुस्मिताको जेठी नन्द दुर्गा कार्कीको श्रीमान अरुण कार्की जिल्ला अदालतमा हाजिर भएका छन् । सोमबार जिल्ला अदालतमा हाजिर भएपछि उनलाई प्रहरीले हिरासतमा लिएर राखेको थियो ।

मंगलबार न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले अरुण कार्कीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेकोे जिल्ला अदालत मकावनपुरका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिनुभयो । थुनछेक बहस भएसँगै उनलाई थुनामा राख्न आदेश भएको थियो ।

यसअघि बुहारी सुस्मिता थापाको हत्या आरोपमा उनको ससुरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई पुर्पक्षको लागि कारागार पठाइएको थियो । फरार रहेका अरुण कार्की आफै अदालतमा हाजिर भएसँगै सुस्मिता हत्याकाण्डमा आरोपितहरु सबै पक्राउ परिसकेको छ । समृद्धसमाजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*