एप्पलले ल्यायो एप्पल वाच सिरिज सेभेन, यस्ता छन् फिचर्स

जनपत्र
३० भाद्र २०७८, बुधबार ०६:५४

एप्पलले आफ्नो अत्यन्त मन पराइएको वाच सिरिजमा नयाँ सिरिज थपेको छ । आज एप्पलले एप्पल वाच सिरिज ७ सार्वजनिक गरेको हो । विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुनेछन् ।

एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको छ । यति मात्र होइन, नयाँ डिजाइनमा आएको यो एप्पल वाच सिरिजले इबाइक फिचर पनि सपोर्ट गर्ने भएको छ ।

नयाँ डिजाइनमा आए पनि यसले पुराना ब्याण्ड पनि सपोर्ट गर्ने भएको छ । यसको मूल्य ३ सय ९९ डलरबाट सुरु हुने एप्पलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*