बुद्ध लुम्बिनीमा जन्मेको बिश्वभर चिनाउने हेटौंडाका विडारी सम्मानित

जनपत्र
३१ बैशाख २०७६, मंगलवार ०६:२५

हेटौंडा ।  गौतमबुद्ध लुम्बिनिमा जन्मीका हुन् भनेर बिस्वभरी चिनाउन सफल पुरातत्ववीध वसन्त कुमार बिडारीलाई हेटौंडामा नगद रकम सहित सम्मान गरिएको छ । हेटौंडा ११ नवलपुर घर भएका बिडारीले लुम्बिनीमानै गौतमबुद्ध जन्मीएका हुन् भनेर बिभीन्न भाषामा पुस्तक लेखेर बिस्वभरी प्रमाणित गरेकाले उहाँलाई हेटौंडामा सम्मान गरिएको हो । रोटरी क्लब अफ हेटौंडाले चार्टर डे र भोकेस्नल एक्सीलेन्स अवार्डको कार्यक्रम गर्दै उहाँलाई दोसल्लाह ओढाएर, सम्मान पत्र, नगद २५ हजार रुपैयाँ सहित सम्मानीत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगद सहित सम्मान उहाँलाई सम्मान गर्नुभयो । हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माबिमा प्रधानध्यापकको रुपमा काम पनि उहाँले गर्नुभयो । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापकको रुपमा काम गर्नुभएका विडारी पछील्लो समय भने बुद्ध लुम्बिनिमा जन्मीएका हुन् भनेर चिनाउन बिभीन्न पुस्तक लेख्न ब्यस्त हुनुभयो ।
सन १९८५ मा लुम्बिनी बिकाश कोषमा बरिष्ठ पुरातत्ववीधका रुपमा प्रवेश गर्नुभएका विडारीले बुद्ध लुम्बिनीमा जन्मीएका हुन् भन्ने बिस्वभर प्रमाणित गर्नका लागि नेपाली, अग्रेजी, नेवारी, जापनिज भाषामा पुस्तक लेख्नुभएको छ । यीनै पुस्तक अहिले पनि धेरै देशका नागरिकले पढेर बुद्ध नेपालमानै जन्मीएको प्रमाणका रुपमा लिएको उहाँ बताउनुहुन्छ ।

कामको सिलसिलामा उहाँलेनै लुम्बिनिलाई विस्वसम्पदाको सूचिमा पार्न सफल हुनुभएको छ । उहाँले लुम्बिनिमानै बुद्ध जन्मीएको प्रमाण पेस गरेका कारण विस्व सम्पदा सुचिमा पर्न सफल भएको थियो । कामबाट सेवा निबृत्त र्भएपनि उहाँको आवस्यक्ताका आधारमा अहिले लुम्बिनि बिकाश कोषले बरिष्ठ सल्लाहकारको रुपमा राखेको छ । आफुले पुरस्कार पाएको रकममा थप गरेर हेटौंडाको हाम्रोघर बालगृहलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मेयर महतले आफुलाई अध्यापन गराउने गुरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले अहिले सम्म गर्नुभएको काम देखेर आफु चकित परेको मेयर महतको भनाई छ । लुम्बिनि बिकाश कोषमा कामकै सिलसिलामा बिस्वका धेरै देशमा विडारी घुमिसक्नु भएको छ । रोटरी क्लबअफ हेटौंडाका अध्यक्ष लेखराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लबअफ हेटौंडाका माधब अधिकारी, ऋसीराम घिमीरे, इन्द्र नेपाल, चितवनका रोटरियन रमेश श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*