मकवानपुरको थाहामा सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट सम्वन्धी गोष्ठी

जनपत्र
२९ भाद्र २०७८, मंगलवार २०:०८

हेटौंडा । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्रको आयोजनामा मकवानपुरको थाहा नगरपालिकामा आज देखि दुइदिन सम्मको सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट तथा लेखा परीक्षण सम्वन्धी गोष्ठी सुरु भएको छ ।

कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दे उहाँले कुनैपनि मन्त्रालय र मातहतका कार्यालयहरुको बेरुजु रकम राख्न नहुने वताउनुभयो । भएका बेरुजु पनि फच्यौट गर्दै लैजानुपर्ने उहाँले वताउनुभयो ।

भोली सम्म चल्ने कार्यक्रममा काठमाडौ, धादिंग, चितवन र मकवानपुरका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट तथा लेखा परीक्षण, बिकासका आयाममा हालसम्मको प्रयास र भावी दृष्टिकोण तथा राजनीति र प्रशासन विचको स्थानिय तहमा देखिएका सिमांकन र सोको व्यवस्थापन जस्ता मुख्य विषयमा छलफल सुरु भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, ४० वटा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतज्यूहरू सहितको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*