हेटौंडामा अब प्रहरी साइरन बजाउँदै बजार बन्द गराउन आउँदैन, जुनसुकै बेला सम्म पसल खोल्न पाइने

जनपत्र
२९ भाद्र २०७८, मंगलवार १९:१४

हेटौंडा । कोरोना संक्रमणको कारण बिगत चार महिना अघि देखि प्रशासनले तोकेको समयमा मात्र हेटौंडाका व्यावसाय खुल्दै आएपनि अब भने दिनमा २४ सै घण्टा आफ्ना सेवा सञ्चालन गर्न पाउने भएका छन् ।

यसअघि बिहान ६ बजेदेखि साझ ६ बजे सम्म मात्र व्यावसायहरु सञ्चालन गर्न पाउने भएपनि अब भने पसल खोल्नका लागि समयको पावन्दी नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वताउनुभयो । असोज १ गतेबाट बेलुका ६ बजेपछी पसलहरु बन्द गर्नुपर्छ भनेर प्रहरी साइरन र सिटी बजाउँदै आउने छैन । मकवानपुरमा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै व्यवसाय २४ सै घण्टा संचालन गर्न पाइने जानकारी दिएको हो । यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने समयसिमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो। प्रशासनका अनुसार सिनेमाहल, दोहोरी साँझ पनि संचालन गर्न छुट दिइएको छ ।निषेधाज्ञा अवधी भने असोज १५ सम्म लम्बाइएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश यस्तो छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*