अमेरिकासँगकाे खेलमा अर्धशतक प्रहार गरेका कुशल र राेहित के भन्छन् ?

जनपत्र
२९ भाद्र २०७८, मंगलवार १४:३५

काठमाण्डाै – कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा अमेरिकालाई हरायाे । सम्हालिएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बताएका छन् । दुवैले आउँदा खेलमा पनि टोलीका लागि अझै मेहनत गर्ने बताए ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा हिजाे साेमवार नेपालले अमेरिकालाई पाँच विकेटले हराउँदै शृङ्खलामा सुखद सुरुवात गर्‍याे । दुई सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दा नेपालले सानदार जित निकालेको हो । शृङ्खलाकाे सुखद सुरुवात गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय पारी खेल्दा ९३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

युवा ब्याट्सम्यान कुशलले करिअरकै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतकसमेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुसी लागेको बताए । आफू शतकबाट चुकेको भए पनि टिमको जित निकै महत्त्वपूर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए ।

सुरुवात राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय पारी खेल्दै नेपाललाई जिततर्फ डोराएका थिए । यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताए । उनले सुरुवात अलि ढिला भए पनि अन्त्यतिर लयमा आएको बताए ।

यस्तै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको दुवै ब्याटिङ र बलिङमा नेपालको प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए । खेलमा ब्याटिङ गर्न सजिलो देखिएपछि रन लिनलाई कठिन भएको प्रतिक्रिया कप्तान ज्ञानेन्द्र मल्लले दिए । घरेलु टोलीसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण रहेको ज्ञानेन्द्रले बताए ।

शृङ्खलाअन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे प्रतिस्पर्धा गर्दै छ । लिग–२ को शृङ्खलाअन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । त्यही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*