मकवानपुरको लोथरमा गरेको कालोपत्रे एक महिनामै उप्कीएको भन्दै स्थानीयले बन्द गराएको राजमार्ग खुल्यो

जनपत्र
२९ भाद्र २०७८, मंगलवार १२:०८

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको लोथरमा सडक डिभीजनले गरेको कालोपत्रे एक महिनामै उप्कीएको भन्दै स्थानीयले बन्द गराएको राजमार्ग खुलेको छ । पूर्वपस्चिम राजमार्ग अन्तरगत लोथर सडकमा कालोपत्रे गर्दा सडक डिभीजनका प्रमुख र प्राविधिकको मिलेमतोमा गुणस्तरहिन कालोपत्रे गरेको भन्दै आज बिहान स्थानीय वासिन्दाहरुले राजमार्गनै अबरुद्ध गरेका थिए ।

कालोपत्रे उप्कीएपनि पुन निर्माणमा निर्माण कम्पनि र सडक डिभीजनले कुनैपनि चासो नदिएपछी स्थानीय वासिन्दाहरुले राजमार्गनै अबरुद्ध गरेका थिए । बितेको आर्थिक वर्षको अन्तमा हतार हतारमा कालोपत्रे गरिएपनि निर्माण व्यावसायीले गुणस्तरहिन तरिकाले कालोपत्रे गरेकाले एक महिनानै नबित्दै कालोपत्रे उप्कीएको थियो । स्थानीय वासिन्दाहरुले पटक पटक आग्रह गर्दा पनि सम्वन्धीत पक्षले कुनैपनि सुनुवाइ नगरेपछी सडकनै अबरुद्ध गरेका थिए । अबरुद्ध सडक एकैछिनमा खुलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता रिमालका अनुसार स्थानीयले ड्रम र टायर राखेर आज बिहान ८ बजेबाट राजमार्ग अबरुद्ध पारेका थिए । राजमार्ग बन्द हुँदा चितवनतर्फ आउने र हेटौंडा भएर जाने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका थिए ।

लोथरखण्डको चितवन र मकवानपुर दुवैतर्फ राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिगिएको सडक गत असारमा बने पनि अहिले पुनः बिग्रिएको छ । चितवनतर्फको लोथरखण्डमा भने बिग्रिएको सडक बनाइएकै छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*